समाचार

ट्रक दुर्घटनामा एकको ज्यान गयो

कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ ।

भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगर गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेका ट्रक चालक ढोडेनीका २७ वर्र्षीय वसन्त भुजेलको सोही अस्पतालमा उपचार भइरहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।