पु.समाचार

यातायात व्यावसायीको दादागिरीः गाडी भाडामा मनपरीतन्त्र !

काठमाडौँ । दशैँ नजिकिँदै गर्दा मौकाको फाइदा उठाउँदै उपत्यकाबाट बाहिरिने निजी तथा सार्वजनिक सवारीले यात्रुबाट मनपरि भाडा असुल्ने गरेका छन् । यातायात व्यावसायीले दशैमा घर फर्किने यात्रुबाट मनोमानी ढङ्गबाट गाडी भाडा असुली रहेका छन् ।

महान चाड विजयादशमी मनााउन घर फर्किरहेहरुबाट यातायात व्यावसायीले चर्को भाडा असुली गरिरहेका हुन् । काठमाडौँ उपत्यका बाहिर बर्ष दिनमा एकचोटी आउने दशैँको खुसी साटासाट गर्न घर फर्कदैँ गरेका यात्रुहरु ठगिदा उनीहरुका मारमा परेका छन् ।

विभिन्न रुटमा चल्ने हायस, मिनिमाईक्रो, बस लगायत सञ्चालकले झण्डैँ भाडाको ७० प्रतिशत बढी पैसा असुलेर लुटतन्त्र मच्चाईरहेका छन् । काठमाडौंबाट सिन्धुली सडक खण्डमा यातायात व्यवसायीले मौकामा चौका हान्ने रणनीतिमा सवारी साधन सञ्चान गरिरहेको यात्रुहरु बताउछन् ।

काठमाडौँ सिन्धुली सडक खण्ड प्रतिनिधी सडकखण्ड मात्रै भएको र दशैैँ मनाउन जसरी पनि घर पुग्नैपर्ने यात्रुको बाध्यताको फाईदा उठाउदैँ उपत्यकाबाट बाहिरिने प्रायः सबै रुटमा यस्तो हुने गरेको बताईको छ । यातायात सञ्चालकको दादागिरी विरुद्ध सम्बन्धित निकायलाई घचघच्याउदा समेत सुनुवाई नहुने गरेको यात्रुहरुको गुनासो छ ।