आर्थिक

सनराइज बैंकको अत्तरखेल शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वर नपा. वडा नं. ८, अत्तरखेल स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ३५ मि. को दुरीमा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रमका बीच संचालक समितिका सदस्य डा. भोगेन्द« गुरागाईज्यूले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरे ।

उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव, रविन नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द« मिश्र लगाएयत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ९७ वटा शाखा, ११० वटा एटिएम, २४ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको छ ।