मनोरञ्जन

दशैँ कोशेली ‘ए प्यारी’ बजारमा (भिडियो सहित)

काठमाडौँ । नेपाली लोकदोहोरी विकाशमा समर्पित म्युजिक बैंक नेपालको प्रस्तुतीमा गणेश घर्ति मगर र गायिका सीता घर्ति मगरकोआवाजमा सजिएको मौलिक दशैँ गीत ‘ ए प्यारी’ भिडियो बजारमा आएको हो ।

परदेशी माइती र चेली विचको सम्वादलाई मौलिक रुपमा प्रस्तुत गरिएको छ । परदेशमा गएको आफनो दाजुको यादमा बैनीले ब्यक्त गरेको वियोगान्त भोगाईलाई समेटिएको छ । गणेश घर्ति मगरको शब्द तथा लय सिर्जनामा गीत सजिएको छ । गीतमा एरेन्ज महेश पुनको रहेको छ भने गीतलाई विजय बुढाले रेकर्ड गरेका हुन ।
सुरेश श्रेष्ठको छायाँकन, नविन धर्ति मगरको सम्पादन, भगिरथा गाहा मगरको निर्देशन भिडियोमा रहेको छ । ‘ ए प्यारी ’ गीतको भिडियोमा अञ्जली अधिकारी , चन्द्र शेखर शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियोः–’

https://youtu.be/x_AU5mUg5Nc