मनोरञ्जन

कृष्ण र ज्ञानुको ‘आइपुग्यो लाहुरे’ बजारमा (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका ज्ञानु राना मगरको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘ आइपुग्यो लाहुरे ’ को भिडियो बजारमा आएको छ । गायक कृष्ण थापा मगर र गायिका ज्ञानु राना मगरको सालैजो बजारमा आएको हो ।

नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल कृष्ण थापा मगरको शब्द तथा लय सिर्जना रहेको छ । । गीतको एरेन्ज कृष्ण पुनले गरेका छन । दुर्गा पौडेलको छायाँकन, विष्णु शर्माको सम्पादन, याम गुरुङको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा याम गुरुङ र रिना थापा मगरको प्रशंसा योग्य नित्य रहेको छ ।

हेर्नुहोस भिडियोः–