आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंकको ६ स्थानमा एटिएम सेवा सुरु

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ ।

काठमाडौको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडी, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरिएको हो ।

स्थानीय जनतालाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको हो । यीसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लि.को एटिएम संख्या १०७ पुगेको छ ।

नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ७७ वटा शाखा रहेको छ । ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १,००० बढी एटिएम रहेका छन भने ३ हजार बढी पस ९ एयष्लत या क्बभि ० टर्मिनल जडान भइसकेका छन् ।

साथै बैंकले भर्खरै आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको एनआईबिएल मास्टरकार्ड प्रयोगमा ल्याएको छ । जुन नेपाल, भारतलगायत विश्वभर प्रयोग गर्न सकिन्छ ।

रोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।