आर्थिक

घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्ति गाँउमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलका थप एउटा एटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख५० हजारभन्दा ग्राहकहरु मझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तैबैंकलेअत्याधुनिकप्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेटबैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइनलगायतकामुलुकबाटरेमिट्यान्ससेवासमेत प्रदान गर्दै आइरहेको छ ।