बाग्मती

प्रदेश नम्बर ३ को राजधानी तलमाथि गरिए नाकाबन्दी गर्ने कांग्रेसको कडा चेतावनी

काठमाडौँ । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदलगायतहरुले हेटौँडाबाट राजधानी सार्न खेल सुरु भएको आरोप लगाएका छन् । सत्तापक्ष दलकै नेतृ कुमारी मोक्तानले यहा आयोजित दशैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दैँ यस्तो बताएकी हुन् । राजधानी सार्ने खेल चौतर्फी रुपमा सुरु भएको र यो खेल रोक्न जे पनि गर्न आफूहरु तयार रहेको नेतृ मोक्तानको भनाई छ ।

‘यो बिषयलाई राजनीतिक बिषय नबनाई सबैको सहमतीमा मकवानपुरको हेटौँडालाई राजधानी बनाउनुपर्छ, उनले भनिन्, सबैले मिलेर सबैको सहमतीमा जनभावनाको कदर गरेर हेटौँडालाई नै प्रदेश नम्बर ३ को राजधानी कायम गर्नुपर्दछ ।’

यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बाँनियाले राजधानी अन्यत्र सार्न खोजिए नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । संघियताको अभ्यास गर्ने अनि राजधान्ी चाहिँ घरको आगनमै लान खोजिए त्यसको कडा प्रतिवाद गर्ने नेता बाँनियाको भनाई छ । कुनै पनि अवस्था वा बहानामा राजधानी यताउता गर्न खोजिए चुरे नाका ठप्प पारेर नाकाबन्दी गर्ने नेता बानियाले चेतावनी दिए ।