आर्थिक

आइएमई र स्टार अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालवीच हालै स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशत सम्म छुट पाउनेछन् । यो छुटसुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने जनाईएको छ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमईका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख संचालन अधिकृत डा. सन्देश जी.सीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापत्रमा हस्ताक्षर भएको मितिले एक वर्षसम्मका लागि लागु हुनेछ।