बाग्मती

जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ । प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे । सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०/१० हजार छात्रवृत्ति प्रदान गरे ।

यसैगरी निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई समेत जन्मदिनको अवसरमा सङ्कलित भएको रकम प्रदान गरिएको छ । कागेश्वरी मनोहरा वडा नं १, २ र ३ का चार सामुदायिक विद्यालयबीचको प्रतियोगितामा सहभागी दुई विद्यार्थीलाई नगद रु पाँच हजारका दरले पुरस्कृत गरिएको हो ।