राजनीति

कांग्रेसको पूर्व निधारित कार्यक्रम नेता बास्तोलाको निधनका कारण स्थगित

काठमाडौँ । नेपाली कांग्रेसले गर्ने भनिएको देश व्यापी आन्दनेलन आजलाई स्थगि भएको छ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण पूर्व निधारित कार्यक्रम आजका लागि स्थगिच्त गएिको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दैं नेता बास्तोलाको पार्थिव शरीरलाई आज अपरान्ह १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिने र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कांग्रेसले वर्तमान सरकार गठन भएपछि बजार मूल्यमा भएको वृद्धि र राष्ट्रव्यापी कर आतङ्क तथा चाडपर्वको मुखमा आएर बजार मूल्य झनै चर्को ढंगले बढेको भन्दै सरकारलाई सचेत गराउनको लागि दवाव दिन कांग्रेसले आज देशव्यापी रुपमा एकै दिन सबै जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र एवं प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

तर कार्यक्रम नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व परराष्ट्रमन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत चक्रप्रसाद बाँस्तोलाको गए राति भएको निधनका कारण हाललाई स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।