काठमाडौं । इंग्ल्यान्डसँगको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा श्रीलंका ३१ रनले पराजित भएको छ ।
शनिबार राति सम्पन्न खेलमा घरेलु टोली श्रीलंका इंग्ल्यान्डसँग पराजित भएको हो । वर्षा बाधक भएपछि २९ ओभरमा १७२ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले जित हात पार्न सकेन ।
बलिङतर्फ इंग्ल्यान्डका क्रिस ओएक्सले ३ विकेट लिए ।
यसअघि रनगिरी दम्बुल्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । तर श्रीलंकाले जवाफी ब्याटिङ थाल्ने बेला पानी परेपछि खेल २९ ओभरमा छोट्याइएको थियो भने श्रीलंकाले १७२ रनको चुनौति पाएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान इओइन मोर्गनले ९२ रन बनाए । उनले ९१ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, जोए रुटले ७१ रन बनाएका थिए ।
यता, श्रीलंकाका लागि लासिथ मालिंगाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । उनले १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४४ रन खर्चिदै ५ विकेट लिएका थिए ।
५ खेलको एक दिवसीय क्रिकेट सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ । यसअघि पहिलो खेल भने वषर्ाको कारण रद्द भएको थियो ।