खेलकुद

पोखरा प्रिमियर लिगलाई सुजुकीको साथ

काठमाडौँ । पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको रुपमा दाबी गरिएको पिपिएललाई सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाइलले प्रायोजन सम्झौता गरेको छ ।

सम्झौताअनुसार भिजी अटोमोबाइलले पिपीएललाई तीन थान मोटरसाइकल उपलब्ध गराउनेछ । सो मोटरसाइकल प्रतियोगिताका तीन विधागततर्फका उत्कृष्ट खेलाडीले प्राप्त गर्नेछन् ।

प्रबन्ध निर्देशक लामाका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर मोटरसाइलक प्राप्त गर्नेछन् ।

नेपाली क्रिकेट इतिहासमा विधागततर्फका उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्न लागेको यो पहिलो पटक हो । छ टोली सहभागी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा हुँदैछ ।