खेलकुद

राष्ट्रिय महिला भलिबलमा एपिएफले मार्यो बाजी

बागलुङ । नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

आज भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । पुलिसका विरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपिएफले जित निकालेको थियो । यसअघि बुटवलमा भएको उन्नाइसौँ, इटहरीमा भएको बिसौँ र पोखरामा भएको एक्काइसौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि पनि एपिएफले नै कब्जा गरेको थियो ।

विजेता एपिएफले उपाधिसहित रु ५० हजार प्राप्त गरेको छ । उपविजेता पुलिसले रु ३० हजारसहित ट्रफी प्राप्त ग¥यो । प्रतियोगितामा प्रदेश नं। ५ लाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार प्राप्त गरेको छ ।

विजयी टोलीलाई गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरै लगायतले पुरस्कार वितरण गरे । पाँच दिनसम्म चलेको प्रतियोगितामा तीन विभागीय र छ प्रदेश टोली गरी नौ टोलीको सहभागिता थियो ।

प्रतियोगिताबाट उत्कृष्ट १८ र वैकल्पिक छ गरी २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीलाई राष्ट्रिय टोली तयारीका लागि बन्द प्रशिक्षणमा राखिने नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।