सुदूरपश्चिम

गौरीफन्टामा नेपाली ग्राहकको ओईरो

धनगढी । मालसामान किनमेलका लागि सीमावर्ती गौरीफन्टा नजिकको वनगाउँ बजारमा यतिबेला नेपाली ग्राहकको भीड लागेको छ । धनगढी लगायतका बजार क्षेत्रमा यतिबेला किराना र लत्ता कपडाको मूल्य चर्को वृद्धि भएको भन्दै केही सस्तो मूल्यमा सामान पाइने विश्वासमा गौरीफन्टा पुग्नु परेको उपभोक्ताहरूले बताएका छन् ।

सीमा क्षेत्रमा भेटिनुभएकी धनगढीकी कलावती भट्टले प्रश्न गरे– “धनगढीमा किरानाका सामान र कपडालगायतको मूल्य गत वर्षभन्दा निकै चर्को भएको छ, यस्तो महङ्गाइमा गरीबले कसरी चाडपर्व मनाउने ?”

गौरीफन्टा वनगाउँ जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली नै हुने गरेको त्यहाँका व्यापारीको भनाइ छ । सामान किनमेल गरेर फर्किने नेपालीले सीमामा बेलाबखत दुव्र्यवहार झेल्नु परेकोमा पछिल्लो समय यो प्रवृत्तिमा केही कमी आएको नेपाली ग्राहक बताउँछन् ।

“सीमामा पहिलेको जस्तो हुने ज्यादती रोकिएको छ,” सीमामा भेटिएका कैलाली गोदावरी नगरपालिकाका रामदिन चौधरीले भने– “सीमाबाट धनगढी बजारसम्म आउने विद्युतीय रिक्साले भने मनपरी भाडा लिइरहेका छन्, रोक्ने पहल कसैले गरेका छैनन् ।” गौरीफन्टाको वनगाउँमा हिजोआज दैनिक हजारभन्दा बढी नेपाली किनमेलका लागि जाने गरेको अनुमान छ ।

गौरीफन्टाको वन क्षेत्रमा करीब सय वर्षअघि बजार स्थापना भएको थियो । पछिल्लो पटक भारतीय वन विभागले त्यहाँका व्यापारीलाई वन क्षेत्र खाली गर्न आदेश दिएपछि ती व्यापारीले नजिकैको वनगाउँमा गएर बजार स्थापना गरेका हुन् ।

सीमामा दुवै देशका प्रहरीको संयुक्त सहायता कक्ष

सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पु¥याउन गौरीफन्टा सीमा नाकामा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको छ ।

“नागरिकलाई सीमापार गर्दा हुने समस्या समाधान गर्न संयुक्त सहायता कक्ष स्थापना गरेका हौँ, सहायता कक्षमा खटिएका एसएसबीका जीएन शर्माले भने, सहायता कक्ष सञ्चालन भएबाट सीमामा व्यहोर्नुपर्ने समस्या पनि हट्दै गएको छ ।” यो कक्ष सञ्चालनबाट सीमामा आवागमन गर्ने नागरिकमाथि हुने गरेका ज्यादति र दुव्र्यवहारका घटना रोकिएको सशस्त्र प्रहरी बलका वीरबहादुर साउदले बताए ।

सीमामा पुग्ने यात्रुलाई गन्तव्यमा पु¥याउने रिक्साले भने मनपरी भाडा असुल्ने प्रवृत्ति देखिँदा यात्रुले समस्या भोग्नुपरेको शर्माले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि गौरीफन्टा सीमा नाकाको निरीक्षण गरी रिक्सा चालकलाई मनपरी भाडा नलिन निर्देशन दिएका थिए ।