समाचार

समृद्धिको रोडम्याप तम्तयार छः सभामुख महरा

दाङ । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल दाङ प्रदेश नं ५ ले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सभामुख महराले सो कुरा बताएका हुन् । ‘समृद्धि सम्भव छ, राजधानी पनि सम्भव छ, तर त्यसका लागि सबै राजनीतिक दलको एकता आवश्यक छ’ महराले भने, “समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढौँ” ।

सभामुख महराले तुलसीपुरको टरीगाउँस्थित विमानस्थलको विकल्प नखोजिएको भन्दै दाङमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलकै अर्को विकल्प अन्य क्षेत्रमा खोजी भइरहेको छ भने ।

सो अवसरमा राष्ट्रियसभाका सांसदहरु अनिता देवकोटा, कोमल वली, प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हिराचन्द्र केसी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले समृद्धिको बाटोमा एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यकक्रममा रिपोर्टस क्लबमा स्थापना भएका ६ वटा अक्षयकोषबाट विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत तथा विभिन्न सञ्चार संस्था, तथा पुरस्कार स्थापना गर्ने व्यक्तित्व तथा व्यवसायी एवं सामाजिक अभियन्तालाई सम्मान गरिएको थियो ।