आर्थिक

वजाज मास्टर मेक कार्यक्रम २०१८ इटहरी र बीरगंजमा सम्पन्न

काठमाडौँ । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले इटहरीमा पूर्वाञ्चलको क्षेत्रीय स्तरको र बीरगंजमाक्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।

असोज २०, २२ र २४ सम्पन्न कार्यक्रमको मूल उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने हो । साथै प्रतिस्प्रधिहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो साथै विजय नहुने प्रतिस्प्रधिहरुलाई आफ्नो कम्जोरि पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो ।

यो प्रतियोगीतालाई एच एच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय चरणमा गरि ४ चरणमा सञ्चालन गर्ने जानकारी हंसराज हुलासचन्दका तालिम विभागिय प्रमूख उमेश श्रेष्ठले गराएका छन् ।

प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५११ जना प्रतियोगीहरु मध्येबाट क्षेत्रीय चरणका लागि १२१ जना प्रतियोगीहरु छनोट भएका थिए । ती मध्ये पूर्वाञ्चल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १६ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट १३ जना प्रतिस्पर्धीहरु बीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुकोप्रतियोगीतामा धरानका अर्विन एण्ड ब्रदर्स अटोबाट रुपक मण्डलले प्रथम, विराटनगरका एस एण्ड ब्रदर्स स्पेयर सप्लायर्सबाट राम गोपाल चौधरीले द्घितिय र बिर्तामोडका मेची पावरमोवाईल्स ट्रेडबाट सन्त बहादुर बिष्टले तृतिय स्थान हासिल गरे ।