आर्थिक

एभरेष्ट बैकका कार्डहोल्डरले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने

काठमाडौँ । एभरेष्ट बैकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उदे्श्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर गरेको छ । सो संझौता अनुशार एभरेष्ट बैकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाइनेछ ।

यस सम्बन्धि संझौतामा बैकका अफिसीयल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका थिए ।

हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बडि ग्राहक सख्या रहेको छ । हालै यस बैक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैकको ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।