बाग्मती

महिला अभियानद्वारा अनाथ बालबालीकालाई एक लाख ११ हजार सहयोग

काठमाण्डौ । महिला अभियान नेपालले अनाथ बालबालीहरुका लागि एक लाख ११ हजार सहयोग गरेको छ । विहिवार काठमाडौँमा एक सांस्कृतिक कार्यक्रम गर्दै अभियान नेपालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त कार्याक्रममा प्रमुख अतिथि रहेका पूर्व-मुख्यसचिव सोमलाल सुवेदीले यूवाहरुले यसरी नै समाज सेवामा चासो देखाए मुलुक समृद्ध हुनमा समय नलाग्ने बताए ।

यस्तै अनाश्रीत बालाबालीका उत्थान केन्द्रका अध्यक्ष कृष्ण सिवाकोटीले सहयोग रकमको चेक बुझ्दै अनाथ बालबालिकाका लागी क्षेत्रमा पु¥याएको योगदान मुल्यमा तुलना गर्न नसकिने बताए । कार्यक्रममा अपस्थित भएका महिला आयोगका सचिव अनिल कुमार ठाकुरले महिलाका लागी काम गर्ने संस्थाहरु संग सदैव सहकार्य गरेर अगाडि बढने बताए ।

यसैबिच सांस्कृतिक कार्यक्रमका लागी टिकट वितरण तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट संकलन गरेर जम्मा गरिएको सबै रकम बालबालिकाका लागी आधारभुत आवश्यकता पुरा गर्न शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा खर्च होस भन्ने अभिलासाले उक्त रकम सहयोग गरिएको महिला नेपालकी अध्यक्ष यसोदा कार्कीले बताइन् ।

सञ्चारकर्मी राधा ढुङ्गानाद्वारा सञ्चालित सांस्कृतिक कार्यक्रममा नेपाल आईडल सिजन एकका सुरज थापा, कलाकारहरु असोक तामाङ, आशिस केसी, शिव संकर रिजाल जोगेन्द्रले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

हस्तान्तरण गरिएको चेक