बाग्मती

टिप्पर दुर्घटना : तीन जनाको ज्यान गयो, तीन घाइते

धादिङ ।  पृथ्वी राजमार्गको भिमसेनस्थानबाट कच्चीसडकतर्फ चकमके जाँदै गरेको  बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ  । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।
ज्यान जानेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने सावित्रीको उपचारका लागि काठमाडांैतर्फ लाँदै गर्दा मृत्यु भएको थियो ।

दुर्घटनामा परेको टिप्पर सडकबाट ६ सय मिटर तल पुगेको थियो । टिप्परमा रहेका अन्य तीन जनालाई उपचारका लागि काठमाडौंमा रहेका ट्रमा सेन्टर पठाइएको छ ।