तस्विरहरु

दशैंँको रौनक : राजधानीमा किनमेल गर्नेको घुइँचो (फोटो फिचर)

काठमाडौँ । हिन्दू नेपालीहरुको महान् चाडका रुपमा रहेको दशैँ नजिकिएसँगै राजधानीका विभिन्न स्थानमा किनमेल गर्नेको भीड नै लाग्न थालेको छ।

दशैँको आगमनसँगै राजधानीको बजारमा चहलपहल बढ्दै गएको हो। असन, मरु, इन्द्रचोकजस्ता काठमाडौको मुख्य बजारमा दशैँको किनमेल गर्नेको भीडबढ्दै गएको छ। घटस्थापनाको दिनदेखि स्कुल कलेज विदा भएसँगै दशैँ सपिङ गर्नेको भीड पनि बढ्दै गएको हो। ठूला व्यापारीसहित स–साना फुथपाथका पसल बढेपछि अहिल असनको बजार छिर्न पैदल यात्रुलाई समस्या भएको छ।

असन आसपासको क्षेत्र मात्रै नभएर राजधानीका कोटेश्वर, भृकुटीमण्डप, सुन्धारा, नयाँ बजार, नयाँ बानेश्वर, गौशाला, कलंकी, लगनखेल लगायतका स्थानमा सामान किनमेल गर्नेको लर्को नै लाग्ने गरेको छ।

किनमेलका लागि बजारमा भिड :