मनोरञ्जन

न्यौपानेको म्युजिक भिडियो विमोचन

काठमाडौँ । नेकपा केन्द्रीय कमिटीका सदस्य बद्रीप्रसाद न्यौपानेले कलाकार नीरबहादुर बम्जनको लोक पप गीत ‘तिमी हुन्छ मात्र भन’ शीर्षकको म्युजिक भिडियोको विमोचन गरे ।

पूर्वमन्त्री न्यौपानेले कला, संस्कृतिले नै नेपाललाई विश्वमा पहिचान गराएको बताउँदै नयाँ कलाकारले नेपालको कला, संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।
जनता डिजिटल प्रालिका अध्यक्ष केशव सापकोटाले आफ्नो संस्थाले बिहीबार चार वटा म्युजिक भिडियो लोकार्पण गरेको जानकारी दिँदै यस क्षेत्रको विकाससँगै रोजगारीको अवसरमा पनि वृद्धि भएको बताउ ।

सो गीतमा निश्चल केसीले निर्देशन दिएका छन् भने नायकको भूमिकामा शिशिर श्रेष्ठ र नायिकामा नम्रता सापकोटा रहेका छन््।