गण्डकी प्रदेश

पूर्व शिक्षकबाट विद्यालयलाई १२ लाख सहयोग

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले रु १२ लाख नगद सहयोग प्रदान गरे । लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहितशैक्षिक सामग्री सहयोग गरे । “आफूले अध्यापन गराएको विद्यालयको स्मरणसहित विद्यालयको उन्नति प्रगतिको कामना गर्दै विभिन्न शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको छु”, श्रेष्ठले भने, “ विद्यालयलाई निरन्तर सहयोग गर्ने योजनामा छु ।”

श्रेष्ठले पटक–पटक गरेर विभिन्न शैक्षिक सामग्रीसहित रु १२ लाख नगद सहयोग गरेको विद्यालयका प्रअ खिमानन्द कँडेलले बताए । सहयोग हस्तान्तरणपछि पूर्व शिक्षक एवं सहयोगदाता श्रेष्ठले आफू जन्मेको ठाउँको विकास र शैक्षिक सुधारका लागि सक्दो सहयोग गरेको बताए । विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सूर्य कँडेलले भने, “उनले प्रदान गरेको सहयोग विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्नमा उपयोग हुनेछ ।”