लुम्बिनी

विद्यालय व्यवस्थापनमा बजेट विनियोजन

नेपालगञ्ज । बाँकेको खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि, प्रावि तथा मदरसामा शिक्षक अनुदानका लागि बजेट विनियोजन गरिएको छ । खजुरा गाउँपालिकाले शिक्षक व्यवस्थापनअन्तर्गत करीब रु ७९ लाख ४३ हजार बजेट विनियोजन गरेको हो ।

शिक्षक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निसार अलि दर्जीको संयोजकत्वमा कार्यदल गठन गरिएको स्रोत व्यक्ति टङ्क दाहालले जानकारी दिए । दाहालका अनुसार छ वटा मावि, १० आधारभूत, तीन प्रावि र तीन मदरसालाई सो गाउँपालिकाले अनुदान दिने निर्णय गरेको छ ।

यसैबीच, नेपालगञ्ज उप–महानगपालिका–१८ ले आजबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको वडाध्यक्ष दीपक बर्माले जानकारी गराए । असोज २७ गतेसम्म भत्ता वितरण कार्य चल्ने उनको भनाइ छ । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणका लागि नेपालगञ्जस्थित सेञ्चुरी बैंकसँग सहकार्य गरेको छ । भत्ता वितरण गर्न बैंकको टोली वडा कार्यालयमा खटिएको छ