विचित्र संसार

३० वर्षे श्रीमतीको हत्या गरी ३ महिना सम्म फ्रिजभित्र लुकाउने श्रीमानलाई मृत्युदण्ड

काठमाडौँ । । साङ्घाइका एक युवकलाई श्रीमतीको हत्याको दोषी ठहर गर्दै बुधबार अदालतले मृत्युदण्डको सजायँ तोकेको छ ।

३० वर्षे झु जियाओदोंगले होंगकु जिल्लाको साङ्घाईस्थित घरमा गत अक्टोबर १८ तारिखमा झगडा हुँदा ३० वर्षे श्रीमती याङ लिपिङको घाँटी थिची हत्या गरकोे चाइनाडेलीले बताएको छ ।

हत्यापछि झुले श्रीमतीलाई सिरकले बेरेर एक सय पाँच दिनसम्म फ्रिजभित्र राखेको बताइएको छ । यो अवधिभर उनले श्रीमती बनेर सोसल नेटवर्किङ अकाउन्टमा साथीभाइ, आफन्त र आमाबुवाले पठाएको मेसेजको रिप्लाईसमेत दिएको अदालतले बताएको छ ।

झुले गत फेब्रुअरी १ तारिखमा आत्मसमर्पण गरेका हुन् । त्यसदिन ससुराको जन्मदिनको पार्टीमा उपस्थित हुनुपर्ने थियो त्यसपछि घटनालाई अब लुकाउन नसक्ने सोचेपछि उनले आत्मसमर्पण गरेको बताइएको छ ।