पत्रपत्रिका

खुर्सिद हत्यापछि नाकामा कडाइ, आवतजावत गर्नेको तथ्यांक राखिँदै

धरान । सुनसरीको दक्षिण सीमानाकानजिक भारतीय ‘सार्पसुटर’ले हरिनगर–२ भुटाहाका नेकपा जिल्ला नेता खुर्सिद अन्सारीको हत्या गरेपछि थप सुरक्षा टोली खटाइएको छ । घुस्की सीमानाकामा चेकजाँच पनि कडा बनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार घुस्की प्रहरीचौकीमा सइको कमान्डमा २२ प्रहरी परिचालन गरिएको छ ।
यसअघि असइको कमान्डामा सातजना मात्र चौकीमा थिए । गत ४ असोजमा अन्सारीलाई गोली हानेर फरार भएकालाई चेकपोस्टमा रोक्न खोज्दा प्रहरी जवान शिवलाल पौडेलमाथि नै गोली प्रहार भएको छ । पौडेलको तिघ्रा र कम्मरमा गोली लागेको थियो । नयाँ पत्रिकामा खबर छापिएको छ ।