साहित्य

नीलम कार्कीलाई मदन पुरस्कार अर्पण

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७४ मदन पुरस्कार नीलम कार्की निहारिकलाई अर्पण गरेको छ।

ललितपुरको पाटनढोकामा बिहिबार आयोजित समारोहमा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार हस्तान्तरण गरेका हुन्।

दीक्षितले २०७४ को मदन पुरस्कार ‘योगमाया’ का लागि नीलम कार्की निहारिका तथा जगदम्बा–श्री पुरस्कार शान्तदास मानन्धरलाई अर्पण गरे।

गुठीले मदन पुरस्कार वर्षभरी प्रकाशित कृतिमध्ये एक र जगदम्बा–श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा योगदान दिने व्यक्तिलाई प्रदान गर्दै आएको छ।

दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ।

समारोहमा डा. तीर्थबहादुर श्रेष्ठले ‘म र मेरो नेपाल’ शीर्षकमा विद्वद प्रवचन दिएका थिए भने पुरस्कृत व्यक्तित्व नीलम र शान्तदासले मन्तव्य दिएका थिए।