आर्थिक

सिभिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र सिभिल बैंकबीच बिहिबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।