स्वास्थ्य

एक्स–रे मेशिन थन्ँकिदा सास्ती

धम्बोझी । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ६ हजार जति बिरामी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा स्वास्थ्योपचारका लागि पुग्ने गरे पनि स्वास्थ्य परीक्षण नहुँदा ६०० देखि ७५० बिरामी जिल्लाबाहिर सिफारिश हुन्छन् ।

बिरामी परीक्षणका लागि उपलब्ध गराइएको एक्स–रे मेशिन सञ्चालन नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएकाले बिरामी जिल्लाबाहिर जान बाध्य छन् । सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा सूचना अधिकारी रामदास थारूले स्वास्थ्य केन्द्रमा मासिक दुई हजार १०० देखि साढे दुई हजार २०० जति बिरामी आउने गरेको जानकारी दिए । मासिक १२० देखि १५० बिरामी बाँकेको नेपालगञ्ज तथा कोहलपुर सिफारिश भइरहेका छन् । यसरी एक वर्षमा जिल्लाबाहिर सिफारिश हुने बिरामी एक हजार ८०० जति हुने अनुमान छ ।