आर्थिक

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

काठमाडौँ । ग्लोबल आइएमइ बैंककोे प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बिहिबार देखि कार्यभार सम्हालेका शर्मा ढकाल यसअघि मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत छन् । बैंकिङ्ग क्षेत्रमा १८ बर्षभन्दा बढिको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केहि समय व्यवस्थापन समूहको संयोजकको रुपमा समेत कार्यरत रहेका थिए ।

उनी तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए । साथै उनीसंग विभिन्न संघसंस्थाहरुको संचालक समितिमा रहि कार्य गरेको अनुभव समेत रहेको छ । नव नियुक्त नायब प्रमुख कार्यकारी अधिकृत ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत छन् ।