सुदूरपश्चिम

स्क्रब टाइफसबाट मृत्यु

डडेल्धुरा । स्क्रब टाइफस रोगबाट यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित भएका छन् । अजयमेरु गाउँपालिका–४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतककी आमा हरिनादेवीलाई पनि सङ्क्रमण देखिएको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त रोग सरुवा भएकाले अरुमा सङ्क्रमण हुन नदिन स्वास्थ्यचौकीबाट टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका भेटनरी कन्ट्रोल अधिकृत दीपेन्द्र रावलले बताए । स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जीउमा रातो दाग देखा पर्ने र टाउको धेरै दुख्ने लक्षण हुने चिकित्सकले बताएका छन् ।
वृद्धभत्ताबाट छात्रवृत्ति

अजयमेरु–२ का एक वृद्धले वृद्धभत्ताको रकमबाट विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । सिमगाउँका ८५ वर्षीय डम्बर पनेरुले २५ महीनामा पाएको वृद्धभत्ताको रु ५० हजार अजयमेरु आधारभूत विद्यालय रोल्लीमा अक्षयकोष स्थापना गरे । विद्यालयमा अध्ययनरत टुहुरा, असहाय, गरीब, दलित र जेहेन्दार विद्यार्थीलाई सो अक्षयकोेषबाट छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ ।