आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा मास्टर कार्ड उद्घाटन

काठमाडौँ । आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ ।

एनआईबीएल मास्टर कार्ड समुद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टर कार्ड सँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउदै आफ्ना संजाल बैंकमार्फत मास्टर कार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास दिलाए ।

काार्यक्रममा मास्टर कार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका सहअध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकास क्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टर कार्डको सहकार्यले थपभुमिका खेल्नेमा आशावादी रहेको बताए ।

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमाल्याएको छ । स्थानीय कार्ड नेपाललगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ । नेपाल इन्भेष्टमेण्ट बैंक र मास्टर कार्डको सहकार्यमा मास्टर कार्डको समुद्घाटन संगै तीन महिना सम्म आफ्ना ग्राहकलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएकोछ । यसका लागि भने केहि शर्तहरु लागू हुने छ ।

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्नाग्राहकहरुलाई मास्टर कार्डले आर्थिक कारोवार गर्न सहयोग पु¥याउनेमा नेपाल इन्भेष्टमेण्ट बैंकले विश्वास लिएको छ ।

७७ वटा शाखापुगेको बैंकको नौ लाखभन्दा बढी उपभोक्ता रहेका छन् । अहिलेसम्म २ हजार ६ सय ५७ वटा पस मेसिन जडान भइसकेका छन् भने १०५ वटा एटिएम पुगेको छ । भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८”जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।