उर्जा

कर्मचारी आन्दोलनमा उत्रिएपछि विद्युत् उपभोक्ता मर्कामा

राजविराज । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएपछि उपभोक्ता मर्कामा परेका छन् । मिटर रिडिङ गर्ने कर्मचारी आन्दोलित हुँदा विद्युत्को मासिक शुल्क बुझाउने उपभोक्तालाई कठिनाइ भएको छ ।

समयमा विद्युत् महसुल नतिर्दा राजश्व असुल गर्न समस्या भइरहेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए। “अहिले उपभोक्ता आफैँ मिटरको अङ्क टिपेर विद्युत् प्राधिकरणलाई बुझाउन बाध्य छन्,” उनले भने । न्यून ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको व्यवस्थापन नगरिएको र सेवा सुविधाबाट समेत वञ्चित गरिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

मिटर रिडिङ गर्दै आएका दुर्गानन्द यादव सप्तरीका मिटर रिडरले १६ वर्षदेखि निरन्तर काम गर्दैआएपनि व्यवस्थापन नगरिएको बताउँछन् । वितरण केन्द्रका प्रमुख साह चाँडै उनीहरुको समस्या समाधान गरिने बताए ।