मनोरञ्जन

सारिकाको अभिनयमा ‘घर छोड्दाको रात’ बजारमा (भिडियोसहित)

काठमाडौँ । कारुणिक गीत घर छोड्दाको रात सार्वजनिक भएको छ । सारिका केसी र किसान भण्डारीको अब्बल अभिनय रहेको उक्त गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत बजारमा आएको हो ।

सर्जक राम गगनले दशैको मेसो मिलाएर बजारमा ल्याएका छन् । गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । कृष्णा परियारको स्वरमा रहेको उक्त गीतमा संगीत भर्ने काम स्वंय राम गगनले गरेका छन् ।

बिष्णु शर्माको सम्पादन रहेको उक्त गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गीतमा देश छोडी परदेश जाँदा हुन पिडालाई समेटिएको छ ।

भिडियो:-