मनोरञ्जन

यी हुन् अण्डा दिने बच्चा ! (अण्डा दिएको भिडियोसहित)

काठमाडौँ । शीर्षक पढ्दा पत्याउने कुरै हुँदैन हैन त ? त्यत्तिकै वाहियात लेख्छन भन्ने सोच आउँछ । तर यो खबर भने झूठो होइन । कहिलेकाहिँ संसारमा कैयन् यस्ता अपत्यारिला कुराहरु हुन्छन् । सुन्दा विश्वास लाग्दैन । तर यहाँ मानिसहरुले त प्रत्यक्ष आँखाले देखेर पनि विश्वास गरिरहेका छैनन् । डाक्टरहरु पनि चकित छन् ।

आखिर के हो त यस्तो ?
कुखुरा जस्तै अण्डा दिने यी हुन १४ वर्षीय किशोर । देश इण्डोनेशिया । यिनी विगत दुई वर्षदेखि नियमित अण्डा दिइरहेका छन । इण्डोनेशियाको गोवामा बस्ने यी १४ वर्षका किशोरले १२ वर्षको उमेरदेखि अण्डा दिन सुरु गरेका हुन । एउटा भिडियोमा यिनले डाक्टका अगाडि अण्डा दिएको देखाइएको छ । आफ्नै आँखा अगाडि यसरी अण्डा दिएको देखेपछि डाक्टरहरुलाई सुरुमा त विश्वास नै भएन रे ।

कतिपयले भने यसलाई कुनै ट्रिक्स लगाएर अण्डा दिएको पनि भनेका छन। तर निकै आरोप लाग्ने गरेपछि अकमल नाम गरेका यी युवाको परिवारले उनलाई अस्पताल समेत लगेका गएका थिए । अस्पताल गएर एक्सरे गर्दा समेत उनको शरीरमा अण्डा देखिया रे ।

अकमलका बुवाले बताए अनुसार, अकमले अहिलेसम्म १८ वटा अण्डा दिएको । शुरुमा अण्डा फोरेर हेर्दा पुरै पहिलो भएको र दोश्रो अण्डा फोर्दा पुरै सेतोमात्र रहेको उनका बुवाले बताए । अहिले भने डाक्टरको प्रत्यक्ष निगरानीमा अकमलले अण्डा दिने गरेको छ । शेख युसुफ हस्पिटलका डाकटहरुको एउटा टिम नै उनको अण्डा रहस्यका लागि खटिएको छ ।

भिडियोः–

https://youtu.be/Jhake2a9BiY