मनोरञ्जन

सरगरमाथा म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र तथा मेडल वितरण

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ ।

काठमाडौंको एक क्याफेमा बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथि, वरिष्ठ गायक शिवराज जोशी, गायक सिताराम पोखरेल, गितकार तथा वरिष्ठ पत्रकार शान्तिप्रिय, गितकार तथा पत्रकार पुरुषोत्तम बस्नेत र गायिका सिन्धु मल्ल अतिथि रहेका थिए । कार्यक्रममा नोमिनेसनमा परेका सबै कलाकारहरुको उपस्थिती रहेको थियो ।

नेपालको अवार्डको इतिहासमा उत्कृष्ट ५मा परेका कलाकारलाई प्रमाणपत्रसगैं मेडल पनि प्रदान गरिएको थियो ।

साथै नेपाली कला क्षेत्रमा सक्रिय ७ जना पत्रकारलाई सम्मान गरिने भएको छ । कला पत्रकारिताबाट सम्मानित हुने पत्रकारहरुमा श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम र किरण प्रसाद अधिकारी रहेका छन् भने पत्रकार गिता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सबै पत्रकार एक दशक भन्दा लामो समयदेखी पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । अवार्ड आगामी मंसिर ३ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुने अवार्ड आयोजक समितिका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गितहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केहि विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।