पु.समाचार

नेपाल-भारत रेल जोड्ने प्रधानमन्त्रीको योजनाको सफल शुभारम्भ: जनकपुरमा रेल आईपुग्यो

काठमाडौँ । भारतबाट पहिलो पटक ब्रोडरेज जनकपुर आईपुगेको छ । जनकपुर जयनगर रेल सेवाको भारबहन क्षमता परीक्षण गर्न गिट्टी बोकेर रेल जनपुर आईपुगेको हो । रेल विभागका अनुसार रेलको भारबहन क्षमता सफल भएकाले अबको दुई देखि तिन महिनाभित्रै जनकपुर जयनगर रेल सेवा नियमित सञ्चालनमा आउने भएको छ ।

५३ वटा मालबाहक डिब्बामा निर्माण सामग्री गिट्टी बोकेर जनकपुर उत्रेको रेलको भारबहन क्षमता सफललतापूर्वक सम्पन्न भएको विभागका ईन्जिनियरहरुले बताएका छन् । जनकपुरमा रेल पुगेपछि हेर्न स्थानियहरुको ओईरो लागेको र स्थानियहरुले फूलमालाले रेलको स्वागत गरेका छन् ।

अहिलेसम्म निर्माण भएको लिकको भार थेग्न सक्ने क्षमताको परीक्षण सफलता पूर्वक सम्पन्न भएकाले २०१८ को अन्तिमसम्म औपचारिक रुपमा रेल सञ्चालनमा आउने विभागका कर्मचारीहरुले बताए ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत रेल सञ्चालन गर्ने योजनाको सफल शुभारम्भ भएको छ ।