विचित्र संसार

एक किलो गोलभेडाको मूल्य ५० लाख !

काठमाडौँ । तपाइँ महँगीको पीरमा हुनुहुन्छ होला । दैनिक उपभोग्य वस्तुमा बढेको मूल्यका कारण हैरान हुनुहुन्छ होला तर यो समाचार पढेपछि तपाईको मन शान्त हुनेछ ।

भेनेजुएला भन्ने देशको महँगी बारे सुन्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ ।

त्यहाँको सरकारले यो महँगी नियन्त्रण गर्नका लागि जो योजना बनाएको छ त्यसलाई लिएर थप भ्रम बढेको छ । प्रश्न उठेको छ कि के यो योजनाले काम गला ?

निकोलस माडुरोको सरकारले आफ्नो मुद्रा बोलिवारको नाम फेरेर साँवरेन बोलिवार बनाएका छ । यसका साथ यसको ९५ प्रतिशत अवमूल्यन पनि गरेको छ ।

अन्तर्राष्ट्रिय मुन्द्रा कोषले अनुमान लगााएको छ किय यो वर्ष भेनेजुएलामा महंगीको दर १० लाख प्रतिशतको गडवढ हुनसक्ने छ । अर्थशाास्त्रीले भेनेजुएलाको अवस्था अझ खराब हुने चेतावनी दिएका छन् ।

भेनेजुएलाका राष्ट्रपतिले पुराना नोट हटाँउदै नयाँ नोटको घोषणा गरेका छन् ।

भेनेजुएला महामन्दीको चपेटामा छ । विपक्षको नियन्त्रणवाला भेनेजुएलाको राष्ट्रिय एलेम्ब्लीका अनुसार ओसत हरेक २६ दिनमा मूल्य दुईगुणा भइरहेको छ ।

केही अर्थशास्त्रीले कफीको मूल्यलाई महँगीको प्रतिक मानिरहेका छन् । ३१ जुलाईमा राजधानी कराकसमा एक प्याला कफीको मूल्य २५ लाख बेलिवारमा थियो । पाँच हप्ता पहिलाको मूल्यमायो दुई गुणा बढी हो । एक प्याकेट चामलको मूल्य २५ लाख रहेको छ । त्यस्तै एक किलो टमाटरको मूल्य ५० लाख बोलिवार रहेको छ ।

भेनेजुएलाको पुरानो रकमको सबैभन्दा ठूलो बोलिवार एक लाखको थियो । यसको मतलव एक लाखको बोलिवार नोट लिएर घरबाट निस्केन हो भने एक किलो गोलभेडाका लागि ५० वटा नोट आवश्यक पर्छ । एजेन्सी