पत्रपत्रिका

क्यालेन्डरबिनै चल्छ संसद्

काठमाडौं । संघीय संसदको दोस्रो अधिवेशन असोज ११ मा सकियो । अब अर्को अधिवेशन कहिलेदेखि हुन्छ ? यसको उत्तर न प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग छ न सरकारसँग ।

संघीय संसदको वेबसाइटको क्यालेन्डरमा समेत अधिवेशन कहिलेदेखि हुन्छ भन्ने उल्लेख छैन । संसद् अधिवेशन कहिले सुरु भएर कहिले अन्त्य हुन्छ भन्ने सामान्य जानकारीसमेत संसद्ले तय गरेको छैन । कान्तिपुर दैनिकमा खबर छँपिएकाे छ ।