समाचार

निर्मला हत्याबारे अपराध विज्ञसँग छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग छलफल गरेको छ ।

छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको सङ्कलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधि, प्रक्रिया लगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा छलफल भएको थियो ।

घटनामा नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीहरुबाट गरिएका अनुसन्धान तथा सिलसिलेवार प्रक्रियाबाट अघि बढिरहेका कामको बारेमा अपराध अनुसन्धान विज्ञले जानकारी दिए ।

आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले पन्तको हत्यामा संलग्नको पत्ता लगाउने विषयमा भइरहेको अनुसन्धान प्रक्रियाबारे जिज्ञासाराखेका थिए ।