समाचार

मापसे गर्ने सवारी चालकले लिखित परीक्षा दिनुपर्ने, फेल भए कारबाही

विराटनगर ।  सवारी दुर्घटना तथ्याङ्कलाई विष्लेषण गर्दा मोरङ जिल्लामा दुर्घटनामा संलग्न अधिकांश सवारी साधनहरु मादक पदार्थ सेवन गरी चलाएको पाइएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्य अनुसार मोरङ प्रहरीले मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित परीक्षा लिन शुरु गरेको छ ।

प्रहरीले मंगलवार जिल्लाका बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ र सिटिसफारी ३ गरी जम्मा ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । यसरी पक्राउ गरेको चालकलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिएर परिक्षाको लागि जिल्ला प्रहरी कार्यालतय मोरङमा पठाएकोमा ३० जना सवारी चालकहरु लिखित परिक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्राफिक नियमसंग सम्बन्धित बिभिन्न ८० वटा प्रश्नहरु सोधिएकोमा १५ जना उत्तीर्ण भएका छन् भने अनुतिर्ण  भएका अन्य चालकहरुलाई पुनः परिक्षामा सामेल गराई उत्तीर्ण भए पश्चात ट्राफिक नियम सम्बन्धी जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्वाहीको लागि पठाइएको छ ।