आर्थिक

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु त्रिभुवनचोक र सम्झना चोकमा

काठमाडौँ । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक शाखाको एनआइसी एशिया बंैकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जक निर्देशक बिमल राज खनालबाट बुधबार भव्य समारोहका बिच समुद्घाटन सम्पन्न भयो ।

बैंकलाई आमजन मानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।