आर्थिक

एभरेष्ट बैंक र फिन सर्ट बीच सेमिट्यान्स सम्झौंता

काठमाडौं । एभरेष्ट बैंक र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईनकर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ । यसपछि दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुनेछ । उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ ।

कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेक्ष्ट बैंकको मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।

यो समझदारी सँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ । हामी अझैं बैंकको रेमिट्यान्स सेवालाई बिस्तार गर्दै लाने छौं । त्यो रेमिट्यान्स सिनोसर्टबाट प्राप्त भएसँगै देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा ब्रान्च र ५५०० रेमिट्यान्स एजेन्टहरुमार्फत भुक्तानी लिन सकिने छ ।