मनोरञ्जन

“औँठी है साटौला” बजारमा (भिडियोसहित)

काठमान्डौँ । पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार, झुम्के माया, दिक्तेल बजार -२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाकामा अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय गायक जुलिन वराल र गायिका विन्दु राईको आवाजमा “ औँठी है साटौला ” गीतको भिडियो बजारमा आएको छ ।

डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा प्रेमको भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा एरेन्ज राजु कार्किले गरेका छन । राहुल राईँको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , पार्वती राईको निर्देशन भिडियोमा रहेको छ । “ औँठी है साटौला ” गीतको भिडियोमा पार्वती राई र अमेरिकामा बसेर नेपाली कलाकारितामा सक्रिय रहेका झुलेन बरालको नित्य रहेको छ ।

हेर्नुहोस भिडियोः–