पु.समाचार

झलनाथ खनाल भन्छन्ः नारायणकाजीलाई पनि सांसद पदको आवश्यकता छ !

काठमाडौँ । गत वर्ष सम्पन्न चुनावमा पराजित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता बामदेव गौतमलाई उपचुनावमा जिताएर संसद छिराउने प्रक्रिया सुरुभएसँगै देशको राजनीति तातेको छ । वामदेव गौतमको बिषयलाई लिएर पार्टी भित्र र बाहिर बहस सुरु भएको हो ।

नेकपा नेता झलनाथ खनालले नारायणकाजी श्रेष्ठलाई पनि सांसद पदको आवश्यकता औल्याएका छन् । एक रेडियो कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर सातमा रामवीर मानन्धरले राजिनामा दिएर बामदेव गौतमलाई चुनाव लडाउन खोजिएको छ । किन ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिदैँ नेता खनालले सचिवालय बैठकमा रामवीरले राजिनामा पत्र पठाएको र त्यो पत्रको बारेमा पार्टी भित्र छलफल नभएको बताए ।

राजिनामा स्विकृत गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीले आधिकारिक निर्णय गर्न बाँकी रहेको नेता खनालको भनाई छ ।

संसदमा बामदेव गौतमको आवश्यकता छ ? भन्ने पत्रकारको अर्को प्रश्नमा आवश्यकता त किन छैन ? भनेर उल्टै प्रतिप्रश्न गरेका छन् । “पार्टीका सबै नेताहरुको आवश्यकता हुन्छ । नारायणकाजी श्रेष्ठको आवश्यकता छ ।, नेता खनालले भने, जति साथीहरुले चुनाव हार्नुभयो सबैको आवश्यकता छ ।”