सुदूरपश्चिम

लोपोन्मुख नौमुठे गाई तस्करी

बाजुरा । पछिल्लो समय लोपोन्मुख नौमुठे गाई चीनतर्फ तस्करी हुने गरेको पाइएको छ । अछामबाट बाजुरा हुँदै हुम्लाको नाका भएर नौमुठे गाई चीनतर्फ मासुका लागि तस्करी हुन थालेको छ ।

हुम्ला र मुगुका व्यापारीले अछामबाट सस्तोमा खरीद गरी नौमुठे गाई चीनमा बिक्रीका लागि लैजाने गरेका छन् । एउटा गाई रु चार हजारदेखि रु पाँच हजारमा खरीद गरेर चीनमा रु १५ हजारदेखि रु २० हजारमा बिक्री वितरण हुने गरेको व्यापारीले बताएका छन् । नौमुठे गाई अछामका जाल्पादेवी, वैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाब्ला, मष्टामाडौँ र देवीस्थानमा पाइन्छ ।

नौमुठे गाईको दूध अन्य गाई र भैँसीको भन्दा राम्रो मानिन्छ । नौमुठे गाईले अन्य गाईले भन्दा बढी दूध दिने गरेको कृषक जोगी महताराले बताए । गाईको दूध र दहि पोसिलो हुने गर्छ ।