राजनीति

काठमाडौ ७ का जनता स्वर्गीय सुदर्शन अाचार्य सम्झदै

काठमाडौं । नेकपाका सांसद् रामविर मानन्धरले राजिनामाको घोषणा गरेसगै काठमाडौ ७ मा राजनैतिक माहोल तातेको छ । नेकपाका प्रभावशाली नेता वामदेव गौतमका लागि आफुले राजिनामा दिन लागेको भनेर उनले पत्रकार सम्मेलन मार्फत घोषणा गरेका हुन् ।

यो सँगै प्रतिस्पर्धामा काङ्ग्रेस नेताहरुले नि दाबी गरिरहेका छन् । यो सगै नेपाली काङ्ग्रेसका स्वर्गीय महासमिति सदस्य सुदर्शन आचार्यको अभाव महसुस भईरहेको काठमाडौ ७ का बुद्धिजीवीहरु बताउछन् । स्वर्गीय आचार्य काठमाडौ ७ भित्र प्रभावशाली नेता थिए । जीवनभर निष्ठा र त्यागको जीवन बिताएका आचार्यलाई सादगी व्यक्तिका रुपमा हेर्छन् ।

आचार्य नेपालको राजनीतिमा स्थानीय तह अधिकार सम्पन्न हुनुपर्छ भनेर लड्ने पहिलो व्यक्ति थिए ।आचार्य नेपालको वर्तमान समयमा संबिधान निर्माण पश्चात् लागू भएको गाउँपालिकाको अवधारणाकार थिए ।

आचार्य काङ्ग्रेस वृत्तभित्र बौद्धिक नेताका रुपमा गनिन्थे । आचार्य साबिक गोलढुङ्गा गाविसको ४९ सालको अध्यक्ष थिए । आचार्य काठमाडौ ७ भित्र विकासनिर्माणमा अब्बल र सदैव तत्पर र जनप्रेमि नेता थिए । नेपाली काङ्ग्रेसको आचार्य ५ कार्यकाल महासमिति सदस्यको भूमिकामा रहे ।

आज काठमाडौ ७ का स्थानीयु सुदर्शन आचार्य जतिको निष्ठावान् नेताले आफ्नो पसिना बगाएको भूमि वामदेव गौतम जस्तो व्यक्ति सफल हुन दिनु हुदैन भनेर तत्पर देखिएका छन् । उनीहरु काङ्ग्रेसले स्वर्गीय सुदर्शन आचार्यलाई न्याय गर्ने समय आएको समेत बताउछन् । आचार्यको निधन आषाढ ४ गते भएको थियो ।