लुम्बिनी

नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको उद्घाटन

पाल्पा । नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको कार्यालय तानसेनमा उद्घाटन गरिएको छ । सो शाखाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले आज उद्घाटन गरेका छन्।

कार्यालयको उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा मात्र लगानी गरिरहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा नभई अब नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आर्थिक, सामाजिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रममा नेशननल लाइफ इन्स्योरेन्सका प्रमुख रामचन्द्र तिवारीले बीमाको महत्वबारे प्रचार गर्न आवश्यक रहेको बताए । जिल्लामा पाँच हजार जनाले जीवन बीमा गराएको सो शाखाका प्रमुख उमापति गैरेले बताए।