प्रदेश 1

आफ्नै भवनमा वडा कार्यालय

भद्रपुर । मेचीनगर नगरपालिका–३ को वडा कार्यालय १४ महीनापछि आजदेखि आफ्नै भवनमा सरेको छ । भवन निर्मण गर्न स्थानीयवासीले पाँच कट्ठा जग्गा दान दिएका थिए ।

सो जग्गामा निर्मित तीन कोठे भवनमा वडा कार्यालय सरेको हो । सो कार्यालयको आज एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले उद्घाटन गरे । स्थानीयवासी तेजराज पोखरेल, विन्दबहादुर भुजेल, वीरबहादुर भुजेल, मायादेवी फुयाल र नेत्र फुयालले सो जग्गा दान गरेका हुन् । कार्यक्रममा दातालाईसमेत सम्मान गरिएको थियो ।

मेचीनगर नगरपालिका र स्थानीयवासीको जनसहभागितामा रु २५ लाखमा भवन निर्माण गरिएको हो । अन्य वडा कार्यालय कतिपय पुरानै गाउँ विकास समितिका कार्यालयमा तथा कतिपय भाडामा सञ्चालनमा छन् ।