प्रवास

२३ बर्ष कोरियामै कुरेको दशै: उस्तै जमरा र टिकामा नेपालीपन – अहँ ! मान्दैन मन

लक्ष्मी गुरुङ / दक्षिण कोरिया । यति बेला हिन्दु नेपालीहरुको महान चाड बिजय दशमीको दैलो खुल्दै छ । घर परिवारको खुशिको लागि परदेशिएका दाजुभाईहरु दशै मनाउन बिदेशबाट घर आँगन पुग्दै हुनुहुन्छ । कति धेरैले बिदा पाउनु भएन होला । धेरैको बर्षो देखि परिवार सँगै बसेर दशै मनाउने सपना पुरा भएको छैन होला । कतिको बषौ देखिको परिवार सगै बसेर दशै तिहार मनाउने सपना यस पटक पक्कै पुरा भएको छ होला । बिभिन्न बाध्यताले कति धेरै नेपालीको दशै मनाउने रहर यसपाली पनि विदेशी भुमीमा पसिना चुहाउदै बितेको छ होला । विदेशीएका नेपालीहरु घरमा धेरै दुख पर्दा र दशै तिहार आउदा अलि बढि सम्झन्छन् । यो मेरो भोगाइ पनि हो ।

आफ्नो र भावि पुस्ताको भविष्य सुखद कल्पना बुन्दै बिदेश पस्नु हामी नेपालीको लागी सामान्य बिषय नै भयो । यही बाध्यताका कारण रहर, खुसी र विभिन्न चाहानाहरु बिस्तारै भुल्दै आफ्नै तरिकाले रमाइलो मनाउनु र खुसी हुन बाहेक अरु बिकल्प छैन, परदेशिहरुलाई । परदेशमा, आफुले चाहेको जस्तो सपना पुरा भए त भोली यस्ता रमाइला र खुसी कति हो कति पाउला भनेर आँशु पुछ्दै मन लाइ थाम्दै आफै समालिनु पर्छ ।

बर्ष मा झलझली घरको र परिवारको याद दिलाउने दशै तिहारको बारेमा मेरो पनि विगत लामो समय देखिको आफनै कथा बेथाहरु छन ।करिब २३ बर्षको अन्तराल मा मैले परिवारसँग एक पटक मात्रै सगै दशै मनाएको छु । त्यस पछिका दिनहरुमा न तिहारमा न दशैमा परिवार सगै हुन पाइयो । प्रत्येक बर्ष दशै तिहार आउदा मेरो सानो परिवार लिएर नेपालगइ घरमा आमा बुवाको हात बाट आर्शिवाद थाप्ने योजना बनाउछु तर कहिले पनि साइत जुर्दैन । कोरीया पसेको करिब २३ बर्ष पुग्नै थालेको छ । वितेको दशबर्ष मैले कोरीया मा काम गरे त्यसपछि केही बर्ष बाट आफनै ब्यवसाय सुरु गरेको छु । ब्यवसाय सुरु गरे पछि जीवन अझ धेरै ब्यस्त भयो । पहिला काम गर्दा पनि भनेको बेला विदा नपाउदा दशै तिहारमा परिवार सग सगै हुन पाइएन । अहिले आफनै ब्यस्तताले छुट दिदैन ।

यही बाध्यताका कारण रहर, खुसी र विभिन्न चाहानाहरु बिस्तारै भुल्दै आफ्नै तरिकाले रमाइलो मनाउनु र खुसी हुन बाहेक अरु बिकल्प छैन, परदेशिहरुलाई ।

सधै दुइ छोरा एक छोरी श्रीमान अनि कोरीयामा रहनु भएका नेपालीदाजु भाइहरु सगै मनाउदै आएको दशैले घर परिवारकोे केही याद भुलाए पनि हाम्रो मौलिक सस्कार र नेपाली पन कोरीया मा प्राप्त हुने कुरै भएन । माइति घरमा मेरो आमा,बुवा दाइ भाइ दिदि बहिनी तथा घरमा सास, आमा हुनुहुन्छ । उहाँहरुले दशै तिहार मा सधै आउन निम्तो दिनु हुन्छ । तर विभिन्न्न बाध्यताले उहाँहरुको निम्तो र मेरो रहर पुरा हुन पाएको छैन ।

विदेशीमाटोमा मेरो सानो ब्यवसायीक स्थानमै जमरा राख्छु । सधैका दशैमा जमरा उम्रन्छ,उस्तै टिका तयार हुन्छ । तर किन यहा उम्रेको जमरा र नेपालमा उम्रेको जमरा अनि त्यो रातो टिका मलाई फरक फरक लाग्छ । मनमा प्रश्न गर्छु आखिर त्यही जमरा हो त्यही टिका हो किन फरक फरक लाग्यो मलाइ ? अनि मनमा सोच्छु ,मेरो मनमा नेपाली मौलिकता छ, नेपाली संस्कृति छ, नेपाली माया छ,नेपाली प्रतिको अघात आस्था छ र त फरक मानेछु । तर बिदेशमा उमारेको त्यो जमरा र त्यो रातो टिका त केवल मेरो मन बुझाउनको लागी जर्वजस्त गरिएको एउटा संसारको सम्झना न हो । जे भएपनि सधै जमरा राख्छु । यहाँ उपलब्ध साथै मेरो पहुँचमा भएका नेपाली दाजु भाइ दिदि बैनीहरु बोलाएर टिकाजमरा लगाएर कोही लाई आर्शिवाद दिन्छु कोही बाट आर्शिवाद लिन्छु ।

त्यसको निरन्तरता यसपाली पनि दिदैछु । आह्वान गर्छु मैले चिनेका नचिनेका सबै नेपाली दाजु भाइ दिदी बैनीहरु सौलको तुङदेमुन स्थित पुजालक्ष्मी रेष्टुरेन्टमा आउनु होला सम्भव भए सम्म म तपाईहरुलाइ टिका,जमरा लगाइदिने कोशिस गदैछु । परिस्थतिले जो जहाँ भए पनि सुखी स्वस्थ र खुसीभएर दशै तिहार मनाउनु होला मेरो शुभकामना छ ।

–( गुरुङ एनआरएन दक्षिण कोरीयाकी अध्यक्ष हुन्)